दलको चुनाव प्रचार गर्ने मकवानपुरगढीका सहायक निर्वाचन अधिकृत पुडासैनी आउट

हेटौंडा खबर
May 7th, 2022

मकवानपुरगढी गाउँपालिकाको सहायक निर्वाचन अधिकृतमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत मदन शिवाकोटीलाई पठाइएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले शिवाकोटीलाई मकवानपुरगढी गाउँपालिकामा पठाइएको हो ।

यस अघि सहायक निर्वाचन अधिकृत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले थिए । उनले सामाजिक सञ्जालमा एमालेको प्रचारप्रसार गरेको कारण उनलाई पदबाट हटाउन निर्वाचन अधिकृतलाई निर्देशन दिएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए ।

पुडासैनी प्रचारप्रसारमा संलग्न भएपछि मकवानपुरगढीका निर्वाचन अधिकृत नारन प्रसाद पोखरेल समक्ष उजुरी परेको थिए । उजुरी परेपछि पोखरेलले पुडासैनीलाई हटाइएको र शिवाकोटीलाई उक्त पदमा राखी कार्य गर्न निर्देशन दिएको निर्वाचन अधिकृत पोखरेले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*