अमेरिकामा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्यो

हेटौंडा खबर
२५ बैशाख २०७९, आईतवार १२:३९

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरूको संख्या बढ्न थालेको पाइएको छ ।

अमेरिकाका स्वास्थ्य अधिकारीहरूले अमेरिकामा पछिल्लो समयमा कोरोना र कोरोना जन्य संक्रमणका कारण अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न थालेको जनाएका हुन् ।

अमेरिकी दैनिक पत्रिका ‘द न्युयोर्क टाइम्स’ को समाचारमा पछिल्ला केही हप्ताहरुमा अमेरिकाका नागरिकहरू कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुन जाने बढेका जनाइएको छ ।

सो पत्रिकाले जनाएअनुसार गत बिहीबार मात्र त्यहाँका अस्पतालमा कोरोना जन्य जटिलताका कारण भर्ना हुन गएका नागरिकको संख्या १८ हजार जना रहेको थियो । यो संख्या अमेरिकाका सबै अस्पतालहरुको हो ।

तर यो संख्या अघिल्लो हप्ताको तुलनामा २० प्रतिशतले बढी भएको पनि सो पत्रिकाले जनाएको छ । त्यहाँ गएको दुई हप्ता अघिको तुलनामा संक्रमितको संख्या पनि बढेको पाइएको सो पत्रिकाले जनाएको छ ।

कोरोनाका संक्रमित गएको बिहीबार मात्र अमेरिकामा ६८ हजार जना भेटिएका थिए । यो संख्या अघिल्लो हप्ताको तुलनामा ६० प्रतिशतले बढी हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*