उत्तर कोरियामा लकडाउन, पहिलोपल्ट आधिकारीक रुपमा कोभिड संक्रमितको पुष्टि
उत्तर कोरियामा कोरोना भाइरस संक्रमणको पाहिलो पल्ट आधिकारिक पुष्टि गरेको छ। उत्तर कोरियामा कोरोना भाइरस संक्रमण पुष्टि पछि देश भर कडा लकडाउनको घोषणा भएको छ।
उत्तर कोरियाको सरकारी सञ्चार माध्यमका अनुसार, देशको राजनधानी प्योगयाङमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट पत्ता लागेको छ।
यद्यपी अहिलेसम्म कति मासिनलाई भाइरस संक्रमण भएको छ भन्ने बारेमा केही पनि जानकारी आएको छैन।
एक सञ्चार माध्यमका अनुसार यो ठूलो आपतकालिन स्थिती हो, यसले देशलाई कारेन्टिन नियम काफी नभएको प्रमाणित गरिदियो। देशका नेता किम जोङ उन स्वास्थ्य अधिकारीहरुसँग आपतकालिन छलफलमा जुटेका छन्।
उत्तर कोरियामा यो भन्दा अगाडि पनि कोरोना भाइरस संक्रमितहरु रहेको भएपनि त्यो आधिकारिक पुष्टि भएको थिएन।
अहिले पनि ओमिक्रोनको महामारी भएको खबर सार्वजनिक भईरहेको छ।
उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको खोप कार्यक्रम चलाएको छैन। उत्तर कोरियाले चीन र रुसले गरेको खोपको प्रस्ताव पनि अस्विकार गरेको थियो।
विश्वभर कोरोना भईरसको महामारी शुरु हुँदा उत्तर कोरियाले आफ्नो देशको सिमानाका बन्द गरेको थियो। त्यसपछि उत्तर कोरियामा चरम आर्थिक संकट परेको थियो।
सिमा नाका बन्द भएपछि कोरियामा खाद्यान्न ढुवानी ठप्प भएको थियो।