तोलामा ८०० रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको पनि बढ्यो

हेटौंडा खबर
२९ बैशाख २०७९, बिहीबार ११:११

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज स्थानीय बजारमा सुनको मूल्य बढेको जानकारी दिएको छ । आजको कारोबार मूल्य तोक्दै सुनको भाउ प्रतितोला ८०० रुपैयाँले बढेको महासंघले जानकारी दिएको हो ।

मूल्य बढेसँगै आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ छ ।

हिजो बुधबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ थियो ।वैशाख ५ गते प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कारोबार मूल्य रहेको सुनको मूल्य त्यसयता लगातार घटिरहेको छ ।

आजसम्म आइपुग्दा प्रतितोला ४ हजार ७०० रुपैयाँ छ । यस्तै, पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर घटिरहेको छ ।आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेपनि समग्रमा वैशाख ५ गतेयता चाँदीको मूल्य घटेको छ ।

वैशाख ५ गते तोलामा १४ सय २० रुपैयाँ रहेको चाँदीको मूल्य आज तोलामा १२ सय ८५ रुपैयाँ छ । हिजो यसको मूल्य तोलामा १२ सय ८० रुपैयाँ थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*