मकवानपुरका २२ वडाको अन्तिम नतिजा सार्वजनिक, कांग्रेसको अग्रता

हेटौंडा खबर
May 15th, 2022

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत वैशाख ३० गते सम्पन्न निर्वाचनको मकवानपुरमा मतगणना जारि छ ।

जिल्लाको १० वटै स्थानयि तहमा मतगणना भइरहेको छ । हालसम्म १० स्थानीय तहको १०२ वडामध्ये २२ वडाको मतपरिणाम सार्वजनिक छ । आइतबार बिहान साढे ११ बजेसम्म प्राप्त नतिजा अनुसार नेपाली कांग्रेसले १० वटा वडामा जितेको छ भने ७ वटा वडामा माओवादी केन्द्र र ५ वटा एमालेले जित हासिल गरेको छ ।

नेपाली कांग्रेसले जित हासिल गरेका वडाहरुमा भीमफेदी–१ मा सोम बहादुर स्याङ्तान, कैलाश–१ मा तेज बहादुर ब्लोन, कैलाश–२ मा राजेन्द्र तामाङ घिसिङ, मनहरी–१ मा शिव प्रसाद खनाल, मकवानपुरगढी–१ आइत सिंह लो, मकवानपुरगढी–८ कुमार घिसिंङ, इन्द्सरोबर–१ सुवास थापा, इन्द्रसरोबर–२ सुमन श्रेष्ठ, बकैया-११ गोपाल बहादुर नेसुर र राक्सिराङ-२ बुद्ध राम मुक्तान विजयी भएका छन् ।

त्यस्तै मकवानपुरमा नेकपा माओबादी केन्द्रले थाहा–१ हेरमान गोपाली, थाहा–२ बमबहादुर सिंतान, बकैया–१ आशिश तितुङ, बकैया–२ विश्‍वराज स्‍याङतान, मनहरी–२ राजकुमार पाख्रीन, बागमती–१ यहुन्ना राई, भीमफेदी–३ पृति लाल लामा निर्वाचित भएका छन् ।

त्यस्तै नेकपा एमाले विजयी भएको वडाहरुमा भीमफेदी–२ काशी राम बज्यु, भीमफेदी–४ सागर पाण्डे, कैलाश–१० सूर्य बहादुर ब्लोन, राक्सिराङ–१ बाबीराम मुक्तान र भीमफेदी ५ मा जाहार सिं लामा रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*