सुनको मूल्य तोलामा २०० ले बढ्यो

हेटौंडा खबर
३ जेष्ठ २०७९, मंगलवार ११:३१

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ ।

आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैंया रहेको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको हो । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*