हेटौंडाको बसपार्क क्षेत्र जलमग्न

हेटौंडाको बसपार्क क्षेत्र डुबानमा परेको छ ।
हेटौंडा उपमहानगरपालिका-१० स्थित टेम्पोपार्क, खासा बजार, हंकङ बजारलगायतका क्षेत्र जलमग्न बनेको छ । पानी बग्ने निकास नभएपछी केहीसमय परेको पानीले बसपार्क क्षेत्र जलमग्न बनेको हो ।
यस क्षेत्रमा ढल र पानी बग्ने निकास नभएकाले यहाँका व्यवसायीहरु केहिवेर पानी पर्ने बित्तिकै डुवानमा पर्ने गरेका छन् ।
यहाँका स्थानीय र व्यवसायीले वर्षौदेखि समस्या भोगिरहेपनि सम्बन्धित स्थानीय निकायले ध्यान नदिएकाले पानी पर्ने बित्तिकै यस्ता समस्या भोग्न बाध्य बनिरहेको व्यवसायीहरु बताउछन् ।