हेटौंडामा दुर्घटना, २ मोटरसाइकल ठोक्किदा १ जनाको मृत्यु

हेटौंडा खबर
१६ असार २०७९, बिहीबार १९:२०

हेटौंडा–५पिप्ले राधाकृष्ण मन्दिर नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो कान्तिलोक पथअन्तर्गत् पर्ने सडकखण्डमा सानोपोखराबाट क्याम्पाडाँडातर्फ जाँदै गरेको ना.५१ प ७३५९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको वाग्मती प्रदेश–०३– ००४ प १५९९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा वाग्मती प्रदेश–०३– ००४ प १५९९ नम्बरको मोटरसाइकल चालक हेटौंडा–१८, फुर्केचौरका २५ वर्षीय विशाल थापाको ज्यान गएको प्रहरीले जानेको छ । दुर्घटनामा २ जना घाइते भएका छन्

मकवानपुर प्रहरीका अनुसार थापाको उपचारको क्रममा सञ्चो अस्पतालमा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार दुर्घटनामा ना.५१ प ७३५९ नम्बरको मोटरसाइकलका २५ वर्षीय लक्षमण आचार्य र चालक हेटौडा १८ बस्ने २३ बर्षीय सुमन थापा घाइते रहेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*