हेटौंडाको विद्युत प्राधिकरणमा आगलागी

हेटौंडा खबर
११ माघ २०७९, बुधबार २२:३६

हेटौंडा ५ भैरवरोड स्थित नेपाल विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ  ।

प्राधिकरण परिसरमा राखिएको ट्रान्सफरमरको गोदाममा भिषण लागलागी भएको हो  । अहिले आगो निभाउने प्रयास जारी छ । नेपाल प्रहरी, नगर प्रहरी र हेटौंडा उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने काम गरिरहेको छ  । आगलागीबाट ट्रान्सफरमरहरु जलेका छन् थप विवरण आउन बाकी छ ।