बुलेटवाला तिवारीले समाचारविरुद्ध हालेको मुद्धामा दावी नपुग्ने अदालतको ठहर

हेटौंडा खबर
२१ चैत्र २०८०, बुधबार १२:०२

समाचार लेखेको आधारमा हेटौंडाखबर डटकमविरुद्ध अर्जुन तिवारीले जिल्ला अदालत मकवानपुरमा हालेको मुद्धाको पूर्णपाठ आएको छ ।

हेटौंडाका पत्रकार इन्द्र प्रसाद बन्जारा (रमेश) लाई महिला प्रयोग गरेर जबर्जस्ती करणीको मुद्धा दर्ता गर्न लागाउने विषयको समाचारको विषयमा तिवारीले स्वस्तिक मिडिया प्रा.लिद्वारा संचालित हेटौंडाखबरविरुद्ध मुद्दा हालेका थिए ।

संचारमाध्यममा प्रकाशित समाचारको विषयमा चित्त नबुझे प्रेस काउन्सिलमा जानुपर्ने प्रावधान भएपनि मुद्धा लम्ब्याउने र दुखदिने नियतले तिवारीले मुद्दा दायर गरी बन्जराविरुद्धको मुद्धा लगाउमा राख्न निवेदनसमेत दिएका थिए ।

अदालतले दुवैमुद्धामा दावी नपुग्ने भन्दै हेटौंडाखबर र पत्रकार बन्जाराको पक्षमा फैसला गरेको छ । न्यायाधीश श्री प्रसाद संजेलको इजलासले गत माघ ९ गते दावी नपुग्ने भन्दै फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठमा भनिएको छ,

‘ निर्णय तर्फ विचार गर्दा, यसमा जवरजस्ती करणी मुद्दाको जाहेरवाला नाम परिवर्तित ३१(०७९/०८०-११८) समेतका प्रतिवादीले मेरो बुलेट बाईक सहित मेरो नैतिक पतन हुने र व्यक्तिगत जीवन समेतमा खलल पुग्ने गरी समाचार सम्प्रेषण गरी फेसबुकमा समेत ‘प्रकाशन गरेको हुँदा विपक्षी प्रतिवादीहरुलाई लिखित गाली बेइजतीमा कारवाही गरी पाउँ भनी दावी लिएको प्रस्तुत मुद्दा नाम परिवर्तित ३१(०७९/०८०-११८) ले प्रतिवादी प्रतिउत्तर फिराउदा सम्मानित अदालतमा जवरजस्ती करणी मुद्दाको रोहमा अदालतमा गरेको बकपत्रबाट वादीको मान प्रतिष्ठामा कुनै असर नपर्ने, मैले गाली बेइजती नगरेको भनी र प्रतिवादीहरु रविन्द्र गौतम र सन्तोष न्यौपानेले प्रेस स्वतन्त्रता र प्रेस काउन्सिल ऐन, २०४८ ले निर्धारण गरेको आचार संहितामा केन्द्रीत रहेर सर्वसाधारणको चासोको विषयमा व्यहोरा र अदालतका स्रोतहरुबाट आएको यथार्थ जानकारीको समाचार सम्प्रेषणसम्म गराएको कार्यबाट वादीको गाली बेइजती हुने होईन भनी जिकिर लिएको देखियो। वादीका साक्षीले वादी दावीलाई समर्थन गरी र प्रतिवादीका साक्षीले प्रतिउत्तर जिकिरलाई समर्थन गरी बकपत्र गरेको देखियो। प्रस्तुत विवाद यसै लगाउमा रहेको ०७९-८१-०३३० को जवरजस्ती करणी मुद्दामा व्यक्त भएका कुराहरुलाई सोही विषयमा आधार सहित असल नियतले समाचार प्रकाशन गरी समाचार सम्प्रेषण भएको मुद्दाको विषयमा भएको प्रतिवादीहरुबाट अभिव्यक्त कुराबाट वादीको मान प्रतिष्ठामा आघात पुगेको भनी अर्थ गर्नुपर्ने सम्मको अवस्थाको विद्यमानता नदेखिदा वादीको फिराद दावी पुग्न नसक्ने ठहर्छ,’। 

३० चैत २०७९ मा एक महिलाले पत्रकार बन्जाराले आफुलाई जबर्जस्ती गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दिएकी थिईन् । ति महिलाले राप्ती खोलाको सिसौ घारीमा लगेर आफुलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । तर आफुलाई जबर्जस्ती गरेको भनिएको समयमा ति महिला अर्जुन तिवारीले चलाएको बुलेट मोटरसाइकलमा वारदात भनिएको स्थलतर्फ गएको, आएको सिसिटिभी फुटेज हेटौंडाखबरबाट सार्वजनिक भएको थियो ।

प्रदेश ३ ०३-००२ प ७९३२ नम्बरको बुलेट मोटरसाइकलमा तिवारीले ति महिलालाई सोही समयमा चडाएर लागेका थिए । बन्जाराविरुद्ध जाहेरी दिएकी महिलाले पछी अदालतमा बकपत्र गर्दा आफुलाई झुक्याएर जाहेरीमा सहीछाप गर्न लगाएको बयान दिएकी थिईन्। उनले बन्जाराले बसपार्कमा छाडिदिएपछी अर्जुन तिवारीले राप्ती खोला नजिकको सिसौघारीमा लगेर ल्याएको र प्रहरी कार्यालय भित्र रहेको जाहेरीमा सहिछाप गर्नु भनि अह्राएकाले आफुले केहि नबुझी सहिछाप गरेको बताएकी थिईन् ।

उनले घटना भएको समयमा बुलेट मोटरसाइकलमा रहेको व्यक्ति आफुनै भएको र प्रहरीले गराएको सनाखत झुठो रहेकोसमेत बयान् दिएकी थिईन् । यसै विषयमा हेटौंडाखबरमा समाचार प्रकाशित भएपछी तिवारीले आफ्नो मान हानी भयो भन्दै ३ वर्ष जेलसजाय र ५ लाख क्षतिपुर्ति मागदावी गर्दै हेटौंडाखबरका संचालक रविन्द्र गौतमसहित ३ जनाविरुद्ध लिखित गाली बेइजतिको मुद्धा दायर गरेका थिए । तर प्रकाशित समाचार गलत नियतले प्रकाशन नभएको र झुठो नरहेको अदालतले ठहर गरेको छ भने तिवारीले गरेको दावी नपुग्ने भन्दै चित्त नबुझे उच्च अदालत जानु भनि फैसला सुनाएको छ ।

पत्रकार बन्जाराले जबर्जस्ती करणी गरेको भनिएको दिन र सोही समयमा तिवारीले जाहेरवाला महिलालाई बुलेटबाइकमा चडाएर वारदात भएको भनिएको स्थानमा गएको सिसिटिभी फुटेज