अपडेट : हेटौंडामा बस दुर्घटना, १ जनाको मृत्यु

हेटौंडा खबर
December 26th, 2020

हेटौंडामा यात्रुवाहक बस दुर्घटना भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१९ बस्तिपुरमा ना ५ ख ४६०९ नम्बरको बस  दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ९ घाइतेहरुको हेटौंडा स्थित अस्पतालमा उपचार भैरहेको छ ।

मृत्यु हुनेमा लमजुङ सुन्दर बजार घर भएका अन्दाजी ३० वषीय हरी गौली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी ओभर स्पिडका कारण अनियन्त्रित भै सडकमै पल्टिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*