नेपाली सेनामा जागिर खुल्याे : ११ पदमा २९४ जना माग

हेटौंडा खबर
January 5th, 2021

नेपाली सेनाले विभिन्न ११ पदमा २९४ जनाका लागि भर्ना खुल्ला गरेको छ। लेखा जमदार, पुजारी हुद्दा, अमल्दार कर्मचारी, बन्दोबस्ती कार्य सिपाही, सुचिकार, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र सयस पदका लागि २९४ जनाका लागि भर्ना खुलेको हो ।

भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगीअड्डाले सबैभन्दा धेरै बन्दोबस्ती कार्य सिपाहीतर्फ माग भएको छ। खुल्लातर्फ ५० र समावेशी गरी कूल ९६ जनाको माग भएको जंगी अड्डाले जानकारी दिएको छ भने लेखा जमदारमा ५० जनाको माग भएको छ। जसमा खुल्लातर्फ २७ जना छन् भने अरू समावेशीतर्फ माग भएको छ।

पूजारी हुद्दा पदमा चार जनाको माग भएकोमा खुल्लातर्फ २ जना, अमल्दार कर्मचारीमा खुल्लातर्फ २८ जना र समावेशीसमेत गरी ५३ जना सुचिकार खुल्लातर्फ ६ र समावेशी गरी कूल १० जना, कुचिकार पदमा खुल्लातर्फ २८ र समावेशी गरी कूल ५३ जना, चर्मकर्मी खुल्लातर्फ ६ जना र समावेशीसमेत गरी कूल ११ जना, माग भएको छ।

यस्तै  लोहकार खुल्लातर्फ चार जना मागेको र समावेशीसमेत गरी ८ जना, धोबीमा खुल्लातर्फ १ र समावेशी १ गरी कूल २ जना, केशकमा खुल्लातर्फ १ र समावेशीमा एक गरी २ जना र सयस खुल्लातर्फ ३ र समावेशी २ गरी कूल ५ जना माग भएको जंगी अड्डाले जानकारी दिएको छ।

योग्यता पुगेका नेपाली नागरिकहरूले दश रूपैयाँको टिकट टाँसेर दरखास्त गर्न सक्छन्। फारम नेपाली सेनाले निस्शुल्क उपलब्ध गराउनेछ। यसबारे अड्डाले आजको गोरखापत्रमा सूचना निकालेर विस्तृत जानकारी दिएको छ।

दरखास्त पुस २१ गतेदेखि माघ २१ गतेभित्र भरिसक्नुपर्ने अड्डाले जनाएको छ। आवश्यक योग्यता भएका नेपाली नागरिकले तोकिएको समयमा आवेदन दिन सक्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*