मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

हेटौंडा खबर
January 5th, 2021

सर्लाहीको बरहथवा नगरपालिकामा मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ।

बरहथवा नगरपालिका वडा नं. ९ पैतालिस बिगा स्थित नयाँ रोड मधुवनि सडक खण्डमा मोटरसाइकलको ठक्करबाट सोही स्थानका ७० वर्षीय ज्ञान बहादुर तामाङको मृत्युु भएको हो।

बा ५८प ४५३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा तामाङको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*