महेन्द्र राउतले थाले घरदैलो अभियान

हेटौंडा खबर
March 17th, 2021

मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दावी गरेका उद्योगी व्यवसायीका नेता महेन्द्र राउतले घरदैलोमा पुगी व्यवसायीको समस्या तथा राय/सुझाव संकलन गर्न थालेका छन्  ।

मउवा संघका पूर्व महासचिवसमेत रहेका राउतले आफ्ना समर्थकसहित बुधबारबाट व्यवसायीहरुको घरदैलोमा पुगेर उनीहरुको समस्या/गुनासो तथा राय/सुझाव संकलन गर्न थालेका हुन् ।

‘व्यवसायीको समस्या, गुनासो र राय सुझाव संकलन गरेर म केही दिनमा नै व्यवसायीको हकहित र प्रर्वद्धन हुनेगरी योजनासहितको घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छु । केही दिनमा नै आफ्नो उम्मेदवारी औपचारिक रुपमा घोषणा पनि गर्ने छु ।’ राउतले भने ।

प्राविधिक कारणले उम्मेदवारी घोषणा गर्न केही दिन ढिला भएको भएपनि आफु व्यवसायीको सुख दुःखमा व्यवसायीकै माझमा रहेको र अघिल्लो निर्वाचनको परिणाम आएपछि नै अहिलेको लागि तयारी थालिसकेकोले यसपटक व्यवसायीको साथ आफुलाई रहने उनले बताए ।

राउतले केही दिनमा नै आफ्नो चुनावी समूह पनि सार्वजनिक गर्ने बताएका छन् । राउत यसअघिको मउवा संघको निर्वाचनमा झिनो मतले पराजित भएका थिए ।

मउवा संघको ५४ औँ वार्षिक साधारणसभा तथा निर्वाचन कार्यतालिका क्रमश चैत २१ गते र २३ गतेको लागि तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*