हेटौंडामा निषेधाज्ञा: अब औषधि पसलबाहेक सबै बन्द

हेटौंडा खबर
५ जेष्ठ २०७८, बुधबार १२:५२

जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडामा पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने भएको छ ।

खाद्यान्न तथा फलफुल,तरकारी बजारमा अत्याधिक भिडभाड बढेपछी आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

भोलिदेखि हेटौंडामा औषधि पसल र अक्सिजनको सवारीबाहेक कुनैपनि व्यवसाय संचालन गर्न नपाईने निर्णय प्रशासनले गरेको छ ।

अब कुनैपनि कामको लागि बाहिर निस्कन पाइने छैन । यसअघि प्रशासनले मंगलबार र शुक्रबार बिहान ३ घण्टा खाद्यान्न र तरकारी पसल खोल्न पाईने निर्णय गरेको थियो ।

साथै खाद्यान्न तथा तरकारीहरु सम्पूर्ण स्वास्थ्य सुरक्षा अपनाएर टोल-टोलमा पुर्याउने व्यवस्था मिलाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*