एमसीसीले स्वाधीनता संकटमा परे मेरो नागरिकता खोसियोस्, चारपाटा मुडेर थानकोट कटाइयोस : गगन थापा

हेटौंडा खबर
February 27th, 2022

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमसीसी सम्झौताका कारण नेपालको स्वाधीनता तलमाथि भए आफ्नो सर्वस्वसहित नागरिकता खोस्न र थानकोट कटाउन माग गरेका छन् ।

उनले आइतबार प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफलमा भाग लिँदै उनले भने,’‘अबको ५ वर्षमा यदि यो सम्झौताका कारण नेपालको स्वाधीनता संकटमा परेछ भने म सरी भन्दिन । त्यतिबेला मलाई थानकोट कटाइयोस, नागरिकता खोसियोस्, चारपाटा मुडेर मेरो सर्वस्वहरण गरियोस्’,।

एमसीसीको विरोध गर्ने सांसदहरुलाई चेतावनी दिँदै थापाले भने, ‘आज राष्ट्रघाती भन्दै गर्दा पहिला औंला आफूतिर फर्काउनु होस् हामी आफैले बनाएको हैन ? हामी आफैले लेखेको हैन ? यहाँसम्म डोहोर्याएर ल्याएको हैन ? त्यसैले सम्माननीय सभामुख महोदय म आग्रह गर्न चाहन्छु धेरै झुट नबोलौं । हामीले यहाँ आएर के भनिदिएका छौं संविधान भन्दा माथि हुन्छ भन्देका छौं । यो हदसम्मको हावादारी कुरा गर्ने ?

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*