एमालेमा प्रभु साहविरुद्ध उजुरी

हेटौंडा खबर
March 24th, 2022

नेकपा एमालेकी केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रेखा कुमारी झाले आफ्नै पार्टीका नेता प्रभु साहविरुद्ध उजुरी दिएकी छन् ।

रौतहट जिल्ला अधिवेशनको बेला हलको असहमतिका बाबजुद साहले पाँच जना पदाधिकारीलाई मध्यरातमा अज्ञात स्थलमा लगेर शपथ खुवाएको भन्दै झाले उजुरी दिएकी हुन् ।

अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरिएको उनको पत्रमा लेखिएको छ, ‘हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगी शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमान्दार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरीदिनुहु केन्द्रीय अध्यक्ष कमरोडलाई आग्रह गर्न चाहन्छु ।’

उनले रौतहट जिल्ला अधिवेशन सम्पन्न नभएको पनि बताएकी छन् । राजनीतिक प्रतिवेदनमा उल्लेख रौतहट जिल्ला अधिवेशन सकिएको भन्ने वाक्यांश सच्याउन आग्रह पनि गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*