चर्को आलोचना भएपछि फेशबुकबाट प्रचण्डले हटाए कुलमान घिसिङको तस्बिर

हेटौंडा खबर
April 13th, 2022

नेकपा माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी पोस्टरमा राखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएका छन् । माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित कर्मचारीको तस्बिर पार्टीको चुनाव प्रचारमा दुरुपयोग गरेको भन्दै चर्को आलोचना भएपनि उनले आफ्नो आधिकारिक फेशबुक पेजबाट कुलमान समावेश भएको तस्बिर हटाएका हुन्।

घिसिङको तस्बिर राख्दै माओवादी केन्द्रका शीर्ष नेतादेखि कार्यकर्ताले मत माग्न थालेपछि सामाजिक सञ्जालमा आलोचना चर्को भएको थियो ।  निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रचारमा सरकारी कर्मचारी  सहभागी हुन आयोगले रोक लगाएको छ। त्यसैगरी चुनावी प्रचारमा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने उल्लेख गरिएको छ।

पहिलेको तस्बिरमा माओवादी केन्द्रका अध्यक्षप्रचण्ड , अर्थमन्त्री जनार्दन शर्मासँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमानको तस्बिर राखिएको थियो भने अहिले प्रचण्डको मात्र तस्बिर राखेका छन् ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आधिकारिक फेसबुकमा ‘लोडसेडिङ अन्त्य एउटा फड्को, अब पालो निशुल्क बिजुलीको’, #VoteForCPNMaoist लेखेर प्रचार गरेपछि कार्यकर्ताले शेयर गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*