कन्सल्टेन्सी चर्चामा आज हामिले हेटौंडा ४ स्कुलरोडम रहेको नेशनल एलाइन्स अफ मास्टर एजुकेटर (नेम) ईन्स्टिच्युटको बारे चर्चा गर्दैछौं ।
नेमका सन्चालक एबम निर्देशक किशोर अर्याल हुन । यो ईन्स्टिच्युट २०७३ सालम स्थापना भएको हो । बिशेष गरि लोकसेवा तयारी कक्षाका लागि पछिल्लो समय नेम अब्बल ईन्स्टिच्युटको रुपमा आफुलाई चिनाएको छ । दक्ष एबम अनुभवी शिक्षक, कडा अनुसासन र स्तरिय शिक्षामा बिशेष जोड दिनेगरेको नेमका सन्चालक अध्यक्ष किशोर अर्याल बताउछन् ।
यसैक्रममा नेम इन्टिच्युटले लोकसेवा कक्षामा अर्काे सफलता हात पारेको छ । केहि दिन अघि नेममा अध्ययन गरेका ३० जना विद्यार्थीले परिक्षा दिएको मध्ये ११ जनाले नेपाल राष्ट्र बैंकमा नाम निकाल्न सफल भएको निर्देशक अर्यालले बताए ।
त्यस्तै, आफ्नै सस्थामा पढेका विद्यार्थीले चौथो तह राष्ट्रिय वाणिज्य बैंकमा बागमती प्रदेशमा उषा मैनाली र लिला स्याङ्बो र प्रदेश २ मा भगवती शाक्य र प्रमोद उप्रेतीले नाम निकाल्न सफल भएको उनले बताए।
नेम बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयलबाट अनुमति प्राप्त सस्था हो । नेममा पुर्वतयारी कक्षा, ट्युसन तथा जापानीज भाषाका कक्षा सन्चालन हुने गर्दछ ।