Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
फाल्गुन २३, २०७७ ०१:५४:५९
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
देश
  • Home
  • News
  • जन्मिएलगत्तै बैंक खाता
जन्मिएलगत्तै बैंक खाता
64x64
पुष ८, २०७६ बागमती खबर

जुम्लाको पातारासि गाउँपालिकाले जन्मिएलगत्तै बालबालिकाको नाममा बैंक खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्मदर्ता गराएलगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकैपटक रु छ हजार जम्मा गरिदिने गरेको छ ।

सम्पूर्ण गाउँपालिकावासीलाई बैंकको पहुँचमा पुर्‍याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको शुरुआत गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहोराले बताउनुभयो ।

स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैंक खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेश गरेमा गाउँपालिकाले रु तीन हजार बच्चाको नाममा जम्मा गरिदिने गरेको छ ।

बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् । भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहोराले बताउनुभयो ।

बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैंक खाता खोलिदिने नीति तथा कार्यक्रमको शुरुआत गरिएको बोहोराले बताउनुभयो । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्मदर्ता गराएकै दिन बैंक खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहोराले बताउनुभयो ।

स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै अध्यक्ष बोहोराले स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैंक खाता खोलिदिने गरेको बताउनुभयो ।

गत वर्षसम्म रु दुई हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि रु ५०० थपेर रु तीन हजार पुर्‍याएको र उच्च शिक्षा हासिल गर्न एकैपटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहोराले बताउनुभयो ।

“अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहोराले भन्नुभयो, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।”

घरमै सुडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहोराले बताउनुभयो । 


प्रकाशित मिति: मगलवार, पुष ८, २०७६, ०३:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न
'नेकपा' कस्को ? सर्वोच्चले आज गर्दैछ फैसला
टिकौली जङ्गलमा सवारी साधनको ठक्करले चितुवाको बच्चा मर्यो
‘विप्लव’ समुह र सरकारबीच तीन बुँदे सहमति, प्रतिबन्ध हट्यो
देश
 प्रधानमन्त्री ओलीको चुनौती : 'राजीनामा दिन्नँ, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस्
64x64
फाल्गुन १६, २०७७ बागमती खबर
 प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिने अडान दोहोर्‍याएका छन् । आज आइतवार झापाको कमल गाउँपालिकामा नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले पदबाट राजीनामा नगर्ने बताएका हुन् । पुरा पढ्नुहोस्
देश
आज स्वस्थानी ब्रत समापन गरिँदै, स्वस्थानीको महत्व यस्तो छ
64x64
फाल्गुन १५, २०७७ बागमती खबर
पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी ब्रत आज विधिपूर्वक समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको ब्रत शुरु गरी नित्य मध्याह्नकालमा पा पुरा पढ्नुहोस्
ताजा समाचार
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न फाल्गुन २३, २०७७ 27
'नेकपा' कस्को ? सर्वोच्चले आज गर्दैछ फैसला
टिकौली जङ्गलमा सवारी साधनको ठक्करले चितुवाको बच्चा मर्यो
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
सुनको भाउ ओरालो लाग्यो, आज एक हजार रुपैयाँले घट्यो
‘विप्लव’ समुह र सरकारबीच तीन बुँदे सहमति, प्रतिबन्ध हट्यो
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो) फाल्गुन १०, २०७७
चलचित्र 'प्रसाद २' चैतको दोस्रो साताबाट छायांकनमा जाने, निश्चल बस्नेत पनि देखिने फाल्गुन १०, २०७७
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP