आफ्नै एक अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी उर्फ कृष्णदास ३ लाख धरौटीमा छुट्ने भएका छन् ।
सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछी सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश दिएकाे हाे ।
जिल्ला अदालत, सुनसरीका न्यायाधीश मुख्य न्यायाधीश राधाकृष्ण उप्रेती को एकल इजलासले उनलाई ३ लाख धेरौटीमा रिहा गर्न आदेश दिएको हो । गिरीकाे मुद्दामा थुनछेकका लागि न्यायाधीशहरुबीचमा गोला हानिएपछि मुद्दा मुख्य न्यायाधीश उप्रेतीकाे बेन्चमा परेकाे थियाे ।
श्रेस्तेदार नरेन्द्रकेशरी पाेखरेलले कृष्णबहादुर गिरी धराैटीमा रिहा गरिने बताए ।
काठमाडौंबाट चतराधाम उनको आश्रममा पुगेकी एक महिला अनुयायीले गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । मुटुमा समस्या देखिएकाे भन्दै अभियाेग लागेका सिद्धबाबा विराटनगरस्थित विराट नर्सिङ हाेमकाे आइसियूमा रहेकै बेला गत मंसिर १६ मा प्रहरीले उनलाइ पक्राउ गरेकाे थियाे ।