जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि बारामा घरको कम्पाउन्ड बाहिर पनि निस्किन नम्लने गरि निषेधाज्ञा लागु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले आज बिहानैदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । बिहान ५ बजेदेखि अत्यावश्यकबाहेक घरको कम्पाउन्डमा समेत निस्कन नपाइने गरी निषेधाज्ञा जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जनाए ।
अर्काे सूचना जारी नभएसम्म औषधि पसल मात्रै खुल्ने तर अन्य अत्यावश्यक सामग्री खाद्यान्न, ग्यास, इन्धन, दूध डेरी, तरकारीका पसलसमेत बिहान ८ बजेसम्म खुल्ला रहने बताइएको छ ।
अत्यावश्यक कामबाहेक निषेधाज्ञा अवधिमर आफ्नो घरको कम्पाउन्डमा समेत निस्कन नपाइने विज्ञप्तिमा भनिएको छ । यसैगरी भारतसँग जोडिएका सीमानाकाहरुमा भदौ मसान्तसम्म आवतजावत पूर्णरुपमा बन्द गरिने भएको छ ।