स्याङ्जामा बुहारीमाथि बलात्कार गरेको आरोपमा ससुरा पक्राउ परेका छन् ।
२१ वर्षीया बुहारीमाथि बलात्कार गरेको आरोपमा ६० वर्षीय ससुरालाई जिल्ला प्रहरी कार्यालाय, स्याङ्जाले पक्राउ गरेको हो।
ससुराले मादक पदार्थ सेवन गरी सुतेको अवस्थामा पटक–पटक बलात्कार गरेको भन्दै महिलाले बिहीबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
प्रहरीले ती पुरुषलाई जिल्ला अदालत पेस गरी अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले बताए।