Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
माघ ३, २०७७ १०:४७:५४
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
देश
  • Home
  • News
  • पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा
पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार धनुर्मास पूजा
64x64
पुष २५, २०७७ बागमती खबर

पशुपतिनाथलाई चिसोबाट जोगाउन शनिबार २४ सै घण्टा मूल मन्दिरमा धनुर्मास पूजा आराधना गरिने भएको छ । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चान्द्र दुवै मास अनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ ।

भगवान् पशुपतिनाथका गणसहित नवग्रहलाई समेत दिन एवं रातभर पूजा गरिने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिनुभयो ।    
    
 यही पुस १५ देखि अगामी माघ २९ सम्म सौर र चान्द्र दुवै गणना पद्धति अनुसार पुस महिना परेको छ । पार्वतीसहितका शिवजीलाई जाडोबाट जोगाउन धनुर्मास पूजा गर्ने परम्परा बसेकाले पूजापछि शरीरमा ताप दिने खाद्य पदार्थ चाकु, सखर र खिचडी लगायत प्रसादका रुपमा चढाउने परम्परा छ । यस पूजामा पशुपतिनाथका मूलभट्ट र पशुपतिनाथ अमालकोट कचहरीका द्वारे लगायत सहभागी हुनुपर्ने विधि छ ।    
    
 शनिबार बिहानदेखि आइतबार बिहानीपखसम्म धनुर्मास पूजा गरेपछि आइतबार दिनभर मूल मन्दिर भक्तजनका लागि बन्द गरिने कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिनुभयो । आइतबार बिहान छ बजेदेखि शिवपार्वती पनि घाम ताप्न जाने विश्वासमा मन्दिर बन्द गर्ने गरिएको हो । धनुर्मास पूजाका दिन पशुपतिनाथमा नित्य एवं नैमित्तिक भोगसमेत लाग्दैन । 

मानव शरीरमा भएका विभिन्न चक्रलाई खुसी पार्न महिना अनुसारका खाद्य परिकारको वर्णन शास्त्रमा गरिएको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भनिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्रा विदुर पौडेल बताउनुहुन्छ ।  पूजापछि भगवान शिव पार्वतीसहित कैलाशमा घाम ताप्न जाने भएकाले ढोका बन्द गर्ने गरिएको उहाँले सुनाउनुभयो । तन्त्र शास्त्रमा धनुर्मास पूजा विधिका बारेमा उल्लेख गरिएको जनाइएको छ ।


प्रकाशित मिति: शनिवार, पुष २५, २०७७, ०७:०१:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेकपाको लेटरप्याड र चुनाव चिन्ह दुरुपयोग नगर्न माधव नेपालको चेतावनी
इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तिमा ६७ जनाको मृत्यु
भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
देशका विभिन्न क्षेत्रको मौसममा बदली
देश
ओलीको शैली : आफू ‘धम्क्याउने’, अरूलाई बोल्नै नदिने !
64x64
पुष २६, २०७७ बागमती खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा चार पूर्वप्रधानन्यायाधीशहरूमाथि चर्को रोष व्यक्त गरे । देशव्यापी दौडाहाका साथ कार्यकर्ता भेलालाई सम्बो पुरा पढ्नुहोस्
देश
चालक अनुमतिपत्रका लागि अनलाइन फाराम भर्न निकै समस्या
64x64
पुष २५, २०७७ बागमती खबर
यातायात व्यवस्था कार्यालयमा नयाँ चालक अनुमतिपत्रका लागि अनलाइन फाराममा समस्या आउँदा सेवाग्राही हैरान भएका छन् ।  पुरा पढ्नुहोस्
ताजा समाचार
संसद बिघटन जनता र संविधानमाथीको कुठाराघातः नेत्री 'डिना' माघ ३, २०७७ 52
हेटौंडामा काङ्ग्रेसको बिरोधसभा : 'ओलीको निर्वाचन बयलगाडा चढेर अमेरिका जानू सरह'
नेकपाको लेटरप्याड र चुनाव चिन्ह दुरुपयोग नगर्न माधव नेपालको चेतावनी
इन्डोनेसियामा शक्तिशाली भूकम्प : कम्तिमा ६७ जनाको मृत्यु
भारतमा आजदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइँदै
देशका विभिन्न क्षेत्रको मौसममा बदली
काङ्ग्रेसले भोली मकवानपुरका सबै स्थानिय तहमा बिरोध प्रदर्शन गर्ने
हेटौंडा भेट्रान्स माघ ५ गतेदेखि सुरु हुने
मकवानपुरमा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना ६३ वटा
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
नेपाल आइडलको बिजेता सज्जा चौलागाईं, एकजनामा कोरोना पुष्टि भएपछी टोलीनै सेल्फ आइसोलेसनमा भदौ १२, २०७७
सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै : ‘सुसाइड या मर्डर’ श्रावण ६, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #प्रदेश ३
  • #हरी बहादुर महत
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP