नेकपा प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनकारी कदम चालेको भन्दै विरोधमा पुत्ला बनाएर जुत्ता प्रहार गरेका छन् ।
उनीहरुले काठमान्डौको नारायणहिटी दरबार अगाडि भएको विरोध प्रदर्शनमा प्रधानमन्त्री ओलीको पुत्ला बनाएर जुत्ता प्रहार गरेका हुन् ।
प्रदर्शनमा विद्यार्थीहरुले प्रतिमगन मुर्दावाद लगायतका नाराबाजी गरेका थिए । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले ओलीले प्रतिनिधि सभा विघटन लगायतका कदम प्रतिगमनकारी भएकाले साङ्केतिक रुपमा प्रतिगमनकारीको पुत्ला बनाएर जुत्ता प्रहार गरिएको बताए ।
प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले प्रधानमन्त्री ओलीले प्रतिगामी कदम नसच्याए साँच्चिकै जुत्ताले हान्ने चेतावनी पनि दिए ।