पहिलो साता आइतबारको दिन सुनको भाउ बढेको छ ।
आइतबार तोलामा एक हजार बढेको सुनको भाउ ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार सुन तोलाको ७५ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै, चाँदी तोलामा २० रुपैयाँ बढेर सात सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।