कर्णालीको बास्तबिक अवस्था र त्यहाको पेरीफेरी कथा बोकेको 'रेलको बाटो' गितको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सुरज पण्डितको स्वरमा रहेको गीतमा अहिलेसम्म हुम्लामा मोटर नपुगेको कथा छ। यसै गीतको म्युजिक भिडियोमा कर्णाली प्रदेशअन्तर्गत हुम्लाको छिमेकी जिल्ला डोल्पाको दृष्य छ, जसले भयंकर विकटताको चित्र प्रदर्शन गरिएको छ। लक्ष्मण सुनारले निर्देशन गरेको भिडियोको गितमा संगीत सुरज पण्डित कै रहेको छ भने लेखराज गिरीको शब्द रहेको छ।
कलाकार जिबी चिरन (चिरन्जीबी सापकोटा), सरस्वती खत्री र लक्ष्मण देवकोटाको अभिनय रहेको म्युजिक भिडियोमा डोल्पाको विकटता, विवशतालाई देखाइएको छ। भिडियोमा मोडेल तथा कलाकार चिरञ्जीवी सापकोटाको अभिनय सबैको मन रुवाउने खालको छ ।
गीतको अफिसियल म्युजिक भिडियो आहा टिभी युट्युब च्यानल मार्फत बिहीबार साँझ सार्वजनिक गरिएको छ ।