जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत केही प्रहरीकै कारण जघन्य अपराधमा संलग्नहरु पक्राउ परेका छन् ।
हत्या, बलात्कार, मानब बेचबिखन लगायतका गम्भिर प्रकृतिका घटनाको अनुसंधान गनुपरेमा जिल्ला प्रहरीमा कायरत प्रहरी निरीक्षक मधुकुमार थापाको नाम अगाढी आउँछ । पछील्लो एक बर्षमा थापाको नेतृत्वको प्रहरीको टिमले आफ्नै श्रीमती र छोरीको हत्या गरेर फरार हुने श्रीमान, बालिका बलात्कार गर्ने आफन्त, दुईजना महिलाको बिक्री गरेर २३ बर्षदेखि फरार अभियुक्त पनि पक्राउ गर्न सफल हुनुभएको छ ।
संचारकर्मी ढकालको हत्यारा पक्राउ गरि सार्वजनिक गरे संगै प्रहरी निरीक्षक मधुकुमार थापालाई धन्यबाद र उनको काम प्रति सबैले तारिफ गरेका छन् ।
अनुसंधानमा दख्खल राख्ने थापाकै नेतृत्वमा मकवानपुरका संचारकर्मी तथा शिक्षक मनोहर ढकालका हत्यारा पनि पक्राउ परेका छन् । एक सय ५० जनालाई प्रहरीमा ल्याएर अनुसंधानपछी मात्र हत्यारा पक्राउ गर्न सफल भएको थापाको भनाई छ । गम्भिरखालका अनुसंधानमा सफल उनै प्रहरी निरीक्षक मधुकुमार थापासंग संचारकर्मी ढकालका हत्यारालाई कसरी अनुसंधान गरेर पक्राउ गर्न सफल हुनुभयो ? भनेर सोधेका छौं ।