मकवानपुरमा थप ४५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
गत ७ गते हेटौंडाबाट काभ्रेको धुलिखेल स्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पठाईएको स्वाब मध्ये मकवानपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला काभ्रेका सुचना अधिकारि हरि बिष्टले जानकारी दिए ।
हेटौंडाको किट जन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा परिक्षण गर्दा ढिलाई भएकाले हेटौंडाबाट करिव ४५० स्वाब काभ्रेको धुलिखेल पठाईएको थियो । बिष्टका अनुसार हेटौंडाबाट १४३ वटा र भीमफेदीबाट १७ वटा स्वाब प्रयोगशालामा पुगेको थियो । त्यसमध्य भीमफेदीको १७ वटा नेगेटिभ आएको उनले बागमतीखबरलाई जानकारी दिए ।
मकवानपुरमा एकैचोटी यतिधेरै संक्रमित थपिएको यो पहिलोपटक हो ।