मकवानपुरमा एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन् । मकवानपुरगढि वडा नम्बर २ खोलेखेतमा ४६ बर्षिया श्रीमाया गोले मृत भेटिएकी हुन् । उनि मृत भेटिएपछि श्रीमानद्धारा श्रीमतीको हत्या गरेको आशंकामा प्रहरीले देवराज गोेलेलाई पक्राउ गरेको छ । गोले लाई थप अनुसन्धानको लागि प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुर लगेको छ । महिलालाई गोलेले कुट्पिट् गरी भ¥याङबाट खसालेर हत्या गरेको आरोप स्थानियको छ । गोलेले आइतबार साँझ खाना खाए पछिको सुत्ने समयको बेलामा हत्या गरेको हुन सक्ने स्थानीय राजाबिर मोक्तानको भनाइ छ । श्रीमायाको शव उठाउन प्रहरीहरु घटना स्थल पुगेको छ । श्रीमानले श्रीमातीलाई यस अघिका समयमा पनि कुटपिट गर्ने तथा यातना दिने गरेको स्थानीयहरु बताउछन् ।