बागमती प्रदेशको प्रदेशसभा बैठक फेरी स्थगित भएको छ । यस अघि गत माघ १९ गतेका लागि बोलाइएको बैठक बिशेष कारणले भन्दै १८ गते राति एक सुचना निकालेर स्थगित गरिएको थियो ।
फागुन ५ गते आज बुधबार दिनको २ बजे बस्ने भनिएको प्रदेशसभा बैठक आज बिहान अचानक अर्को सुचना नभएसम्मको लागि भन्दै स्थगित गरिएको छ । विशेष कारणले गर्दा अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्ण हरि खड्काले बताए ।
हिजो सम्म सम्पर्कमै रहेका सभामुख सानु कुमार श्रेष्ठ आज बिहानैदेखि फोन सम्पर्कमा छैनन् । मूख्यमन्त्री डोरमणि पौडेलविरूद्ध टेबुल भएको अविश्वासको प्रस्तावमाथि आजबाट छलफल शुरू हुने जनाइएको थियो ।
यस अघि पनि मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावको सामना गर्न नसकेकै कारण स्थगित गरिएको बैठक दोस्रो पटक अन्तिम समयमा पुनः स्थगित गरिएको छ ।
बैठक स्थगित भएपछी प्रदेशसभा सदस्यहरुले बिरोध पत्र बुझाउने तयारी गरेका छन् । पटक पटक सभामुखले यसरी मनलाग्दी गर्नु सह्य हुन्न त्यसैले हामीले बिरोधपत्र बुझाउने तयारी गर्दैछौं प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले बताईन् ।
नेकपा माधव नेपाल - प्रचण्डपक्षबाट मुख्यमन्त्रीको प्रस्ताव समेत गरिएकि नेत्री शाक्यले आज अविस्वासको प्रस्तावमाथि छलफल गर्ने हिजै राति सहमति भएको तर अन्तिम समयमा सभामुखले सबैलाई धोका दिएको बताएकी छिन् ।
हामिसंगको टेलिफोन बार्तामा उनले भनिन् "सरकार पक्षका माननीय रामेश्वर फुयाल, प्रतिपक्षका नेता इन्द्र बानिया, सभामुखलगायत सबै संग हिजै राति छलफल गरी सभामुखसंग हामीले सहमति गरेका थियौं, आजको बैठकमा अविस्वासको प्रस्तावमाथि छलफल गर्ने भनि सभामुखले सहमति पनि जनाउनुभएको थियो, तर अन्तिम समयमा आएर उहाले धोका दिनुभयो"।
बैठक स्थगित गरेर सभामुखले गैरजिम्मेवार र नैतिक हिन कार्य गरेको प्रदेशसभा सदस्य युवराज दुलालले बताए सभामुखको यो नैतिक हिन कार्य बिरुद्ध सबै दलहरु संग छलफल गरेर अघि बढ्ने उनले बताए ।
प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भइ स्थगित गरिएको थियो । मुख्यमन्त्री डोरमणि पौडेलबिरुद्द गत माघ १० गते अविस्वासको प्रस्ताव दर्ता गरिएको थियो ।
प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु छन् ।