हेटौंडाका स्रष्टा भोलाप्रसाद शिवाकोटी र एस.आर मञ्जरी ओली शिवाकोटीद्धारा लिखित गजल सङ्ग्रह 'गोधूलि चिन्तन' विमोचन भएको छ ।
झरना साहित्यिक परिवारले एक कार्यक्रमको आयोजना शनिबार हेटौंडामा शिवाकोटी शिवाकोटी दम्पतीको गजल सङ्ग्रह विमोचन गरिएको हो । 'गोधूलि चिन्तन' मकवानपुरका वरिष्ठ साहित्यकार तुल्सी थापा र कृति लेखकका ९७ वर्षका बुबा कृष्णप्रसाद शिवाकोटीले संयुक्त रुपमा विमोचन गरेका हुन् ।
विमोचन कार्यक्रममा साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकार आर.सि रिजाल, रमेश मोहन अधिकारी, सुवास खनाल लगायत मकवानपुरका साहित्यक्षेत्रका स्रष्टाहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा झरना साहित्यिक परिवारका सदस्य शुभलक्ष्मी प्रभाले स्वागत भनाइ राखेकी थिइन् भने झरनाका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
विमोचन पश्चात कृतिमाथि विमर्श गजलकार देवराज तिवारी र विश्वनाथ संजेलले आफ्ना भनाइ राखेका थिए । कृतिको मुल्य १५० रुपैँया रहेको छ।