Navigation
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
फाल्गुन २३, २०७७ ०२:२७:३४
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
    • स्वास्थ्य - जीवनशैली
    • अनौठो संसार
    • बिचार-ब्लग
    • साहित्य
    • अन्तर्वार्ता
  • कोरोना अपडेट
खेलकुद
  • Home
  • News
  • आइपिएल २०२० को उपाधि मुम्बई इन्डियन्सको कब्जामा
आइपिएल २०२० को उपाधि मुम्बई इन्डियन्सको कब्जामा
64x64
कार्तिक २५, २०७७ बागमती खबर

मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० को उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले लगातार दोस्रो तथा समग्रमा पाँचौ पटक आइपिएल उपाधि जितेको हो । मुम्बईले यसअघि सन् २०१३, २०१५, २०१७ र २०१९ मा उपाधि जितेको थियो । 

दिल्लीले प्रस्तुत गरेको १ सय ५७ रनको विजयी लक्ष्य मुम्बईले १९ औं ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्दै आइपिएलको पाँचौ उपाधि जित्न सफल भएको हो । पाँचै उपाधि मुम्बईले रोहित शर्माको कप्तानीमा जितेको हो । मुम्बई उपाधि रक्षा गर्ने चेन्नईपछि पहिलो टोली बन्यो ।

मुम्बईलाई सहज जित दिलाउन कप्तान रोहित शर्मा ५१ बलमा ५ चौका र ४ छक्का सहित ६८ रनको योगदान दिए । उनी १७ औं ओभरमा नोर्कियाको बलमा ललित यादवको उत्कृष्ट क्याचसँगै पेभेलियन फर्केका थिए । युवा ब्याट्सम्यान ईशान किशन १९ बलमा ३ चौका र १ छक्का सहित ३३ रनमा अविजित रहे । हार्दिक पान्ड्या ५ बलमा ३ रन जोड्दै जितका लागि १ रन बाँकी रहँदा क्याच आउट भए ।

मुम्बईलाई ओपनर रोहित र क्विन्टन डी ककले ४.१ ओभरमा ४५ रन जोड्दै राम्रो सुरुवात दिलाए । स्टोइनिसले आफ्नो पहिलो बलमै डी ककलाई ऋषभ पन्तबाट २० रनमा क्याच आउट गराउँदै पहिलो सफलता दिलाए । डी ककले १२ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दोस्रो विकेटका लागि रोहित र सूर्यकुमार यादवले ४५ रनको साझेदारी गरेका थिए । ११ औं ओभरको पाँचौ बलमा कप्तान रोहितले तालमेल गर्न नक्दा सूर्य १९ रनमा रन आउट हुन पुगे । सूर्यले २० बलमा १ चौका र १ छक्का प्रहार गरे । काइरान पोलार्ड ४ बलमा २ चौकासहित ९ रन जोड्दै कागीसो रबाडाको बलमा बोल्ड भए । दिल्लीका एन्रीच नोर्कियाले २ तथा मार्कस स्टोइनिस र कागीसो राबाडा १-१ विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस ऐरले ५० बलमा ६ चौका र २ छक्का सहित ६५ रनमा अविजित रहेपनि उपाधिको लागि पर्याप्त रहेन।

विकेटकिपर ऋषभ पन्त ३८ बलमा ४ चौका र २ छक्का सहित ५६ रनको महत्वपूर्ण योगदान दिएका थिए । एक समय ३.३ ओभरमा २२(३ को अवस्थामा रहेको दिल्लीलाई चौथो विकेटका लागि पन्त र ऐरले ६९ बलमा ९६ रनको साझेदारी गरेका थिए ।

दिल्लीको सुरुवात भने खराब रह्यो । पहिलो बलमै ओपनर मार्कस स्टोइनिसलाई गुमाएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको बलमा स्टोइनिस इनसाइड एज लाग्दै विकेटकिपर क्विन्टन डी ककबाट समातिन पुगेपछि गोल्डेन डग आउट पेभिलिएन फर्किनु परेको थियो । बोल्टलेनै मुम्बईलाई दोस्रो सफलता दिलाए । तेस्रो ओभरको चौथो बलमा अजिक्या रहाने लेग साइडमा सट खेल्नेक्रममा एज लाग्दै २ रनमा डी ककबाट समातिन पुगेका थिए । जुन समय दिल्लीले १६ रन बनाएको थियो ।

चौथो ओभरको तेस्रो बलमा स्पिनर जयन्त यादवले अर्का ओनपर शिखर धवनलाई १५ रनमा बोल्ड आउट गरे । धवनले १३ बलमा ३ चौका प्रहार गरे । धवन आउट हुँदा दिल्ली २२–३ को कमजोर अवस्थामा पुगेको थियो । तर चौथो विकेटका लागि पन्त र ऐरले उत्कृष्ट साझेदारी गर्दै इनिङ अघि बढाएका थिए ।

१५ औं ओभरको अन्तिम बलमा नाथन कुल्टर नाइलले पन्तलाई हार्दिक पान्ड्याबाट क्याच गराउँदै उक्त साझेदारी तोडेका थिए । बोल्टको १८ औं ओभरको दोस्रो बलमा हेटमायर नाथन कुल्टर नाइलबाट ५ रनमा क्याच आउट हुन पुगे । अक्षर पटेल ९ रनमा क्याच आउट भए ।

मुम्बईका ट्रेन्ट बोल्टले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । जयन्त यादवले ४ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा २८ रन खर्चिदा विकेट भने लिन सकेनन् । नाथन कुल्टर नाइलले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । 


प्रकाशित मिति: मगलवार, कार्तिक २५, २०७७, ११:११:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आईपीएलमा २ सय खेल खेल्ने पहिलो खेलाडी 'धोनी '
प्रथम पर्सा गोल्ड कप : पहिलोखेलमा हेटौडा एकेडेमी र रतनपुरी युनाइटेड भिड्ने
चर्चित क्रिकेट खेलाडी क्रिस गेल नेपाल आउने
महिला एकल उपाधीका लागि प्रेरणा र सलोनी भिड्दै
खेलकुद
पीपीएलको उपाधीका लागि चितवन र विराटनगर भिड्ने
64x64
पुष ८, २०७६ बागमती खबर
 दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधिका लागि आज (शनिबार) चितवन राइनोज र विराटनगर टाइटन्सबीच प्रतिस्पर्धा हुदैछ । पुरा पढ्नुहोस्
खेलकुद
सन्दीपको टिम मेलबर्न एडिलेइडसँग भिड्ने
64x64
पुष ८, २०७६ बागमती खबर
 नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) क्रिकेटअन्तर्गत शुक्रबार लिगको तेस्रो खेल खेल्दैछ । पुरा पढ्नुहोस्
ताजा समाचार
अमलेखगञ्ज-लोथर पेट्रोलियम पाइपलाइन जडान गर्ने कार्यको अध्ययन सम्पन्न फाल्गुन २३, २०७७ 33
'नेकपा' कस्को ? सर्वोच्चले आज गर्दैछ फैसला
टिकौली जङ्गलमा सवारी साधनको ठक्करले चितुवाको बच्चा मर्यो
चलचित्र पत्रकार संघ मकवानपुरको साधारणसभामा संस्थापकलाई सम्मान
हेटौंडाबाट ५० हजार घुससहित एक कर्मचारी रङ्गेहात पक्राउ
हेटौंडामा जनस्तरबाट भन्ने भयो 'पिप्ले क्याम्पा रंगशाला'
सुनको भाउ ओरालो लाग्यो, आज एक हजार रुपैयाँले घट्यो
‘विप्लव’ समुह र सरकारबीच तीन बुँदे सहमति, प्रतिबन्ध हट्यो
जिल्लामै पहिलोपटक हेटौंडा अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु
विचार–ब्लग
प्रधानमन्त्री ज्यु लाई खुल्ला पत्र बागमती खबर
मेयर साव, हेटौंडाका जनताको भने १२ नबजोस है ! रबिन्द्र गौतम
हेटौंडाको खानेपानी व्यवस्थापनको वर्तमान अवस्था बागमती खबर
अन्तर्वार्ता
प्रदेश ३ सामाजिक विकास मन्त्रालयले सुरु गरेका काम के-कसरी अघि बढ्दैछन् ? मन्त्री दुलाल संगको कुराकानी माघ ८, २०७५
प्रदेश ३ अर्थमन्त्री ढुंगेललाइ हाम्रो प्रश्न: एक बर्षको काम के-के ? (सुन्नुहोस् कुराकानी) माघ ८, २०७५
अपराधी समाउन सफल प्रहरी: प्रहरी निरिक्षक मधु थापा संगको बिशेष कुराकानी (सुन्नुहोस्) माघ ५, २०७५
मनोरञ्जन
हेटौंडाकि गीतकार अम्रिता नेपालको 'मलाई सम्झिनु' (भिडियो) फाल्गुन १०, २०७७
चलचित्र 'प्रसाद २' चैतको दोस्रो साताबाट छायांकनमा जाने, निश्चल बस्नेत पनि देखिने फाल्गुन १०, २०७७
उत्सव चौलागाईंको ‘हासेकै छैन’ म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित ) पुष १५, २०७७
अनौठो संसार
यस्तो प्रचलन जहाँ प्रहरीमा भर्ती हुन युवतीे भर्जिनी हुनैपर्ने
सावधान मादकपदार्थ सेवनले यस्तो घटना पनि हुन सक्छ ?
यस्तो देश जहाँ सासु र श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न परम्परागत नियम कानुन
अचम्मका जनावर जसको आँखामा हुन्छ रातमा देख्ने चस्मा
सम्पर्क स्वस्तिक मिडिया प्रालिद्वारा संचालित "बागमतीखबर डट्कम" सन्चालक : रविन्द्र कुमार गौतम सम्पादक : सागर राना मगर सम्पर्क : 9851169037, 9865503333 हेटौंडा- ५ मकवानपुर सूचना बिभाग दर्ता न. : 1791-076/077
मेनु
  • मकवानपुर
  • देश
  • सूचना प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • अर्थ - बाणिज्य
  • कन्सल्टेन्सी
  • अन्य
  • कोरोना अपडेट
  • फोटो ग्यालरी
  • हेटौंडा खबर टीभी
ट्रेण्डिङ
  • #हेटौंडा
  • #जिल्ला प्रसाशन मकवानपुर
  • #हेटौंडा उपमहानगरपालिका
  • #हरी बहादुर महत
  • #मेयर
फेसबुक पेज
Hetauda Khabar
©Bagamati Khabar - 2021 All rights reserved.
Web Design by : SoftNEP