बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक

हेटौंडा खबर
December 22nd, 2020

सरकारले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बेलायतमा नयाँ स्वरूपमा कोरोना फैलिएसँगै मंगलबार अपरान्ह बसेको कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

बैठकले अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ।

यसैबीच नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालमा उडान गरिरहेका सबै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई पत्र काट्दै उडानमा रोक लगाउन निर्देशन दिएको जनाएको छ ।

यो निर्णय बुधबार राति १२ बाट अर्को सूचना जारी नभएसम्म कायमै रहने प्राधिकरणले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*