अनेरास्ववियूद्वारा आन्दोलनको घोषणा : धर्ना, पुत्ला दहन, बयलगाडा प्रदर्शन

हेटौंडा खबर
January 5th, 2021

प्रचण्ड– नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

अनेरास्ववियूले मंगलबार बिहान पेरिसडाँडामा पत्रकार सम्मेलनको आयोजना गरी पुस २१ देखि  २९ गते सम्मका विभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो।

पुस २१ गते सरकारका मन्त्रीहरुलाई कालो झण्डा लेखाउने र प्रत्येक कलेजमा कालो ब्यानर राखी विरोध प्रदर्शन तथा कोणसभा गर्ने, पुस २२ गते लाल्टिन लाल्टिन,सिटी,लाठी जुलुस प्रदर्शन गर्ने अनेरास्ववियुले जनाएको छ।

त्यस्तै पुस २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते सीडीयो कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम तथा २६ गते बयलगाडा प्रदर्शन गर्ने अनेरास्ववियुले जनाएको छ।

पुस २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*