हेटौंडा अस्पतालको अस्तित्व बचाउन संघर्ष समिति, मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र

हेटौंडा खबर
January 6th, 2021

“अस्तित्व हेटौंडा अस्पताल बचाउ अभियान संघर्ष समिति” ले हेटौंडा अस्पतालको अस्तित्व मेट्न नहुने भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको छ ।

आज बुधबार संघर्ष समितिले बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विभिन्न माग सहितको ध्यानाकर्षण पत्र बुझाएको हो । हेटौंडा अस्पताललाई स्तरउन्नति गर्ने भन्दै प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको अवधारणा अघि बढाएपछी अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले संघर्ष समिति बनाएर विभिन्न मागहरु अघि सारेका हुन् ।

प्रतिष्ठानको ऐनमा भएका केहि बुदाहरुले अस्पतालका कर्मचारीहरुलाई असहज परिस्थितिमा पुर्याएको र मनोबैज्ञानिक त्रास उत्पन्न गराएकाले ध्यानाकर्षण पत्र बुझाइएको संघर्ष समितिका संयोजक डाक्टर राम चन्द्र सापकोटाले बताए ।

प्रतिष्ठानका नाममा हेटौंडा अस्पतालको अस्तित्वमै मेटिने र बर्षौदेखि अस्पतालमा काम गरिरहेका कर्मचारीलाई असहज परिस्थितिको सृजना भएकाले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएको सापकोटाको भनाइ छ ।

‘सरकारले अस्पताललाई ३०० शैया बनाएर स्तरोन्नति गर्नु निकै राम्रो कुरो हो, हामी त्यसको समर्थन र भरपुर सहयोग पनि गर्छौं, तर हेटौंडा अस्पतालको अस्तित्वनै समाप्त हुनु त भएन नि’, डाक्टर सापकोटाले भने ।

संघर्ष समितिले प्रदेश सरकारले भने जस्तो गरि प्रतिष्ठान संचालनका लागि हेटौंडा अस्पतालको जमिन र अन्य पूर्वाधारहरु समेत अपर्याप्त हुने जनाएको छ ।

पत्रमा लेखिएको छ “हालको हेटौंडा अस्पताललाई ३०० शैयाको बनाएर, मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्यत्र उपयुक्त ठाउँमा सम्पूर्ण पुर्वाधारहरु सहित बिशाल अस्पताल बनाए मकवानपुरले स्वास्थ्यको क्षेत्रमा भोलिका दिनमा काचुली फेर्नेछ” ।

आज मुख्यमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा निम्न मागहरु अघि सारिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*