आज शनिबार पनि बैंक खुल्ने

हेटौंडा खबर
January 9th, 2021

आज शनिबार पनि बैंक खुल्ने भएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको अन्तिम कर विवरण एवं राजस्व बुझाउने चापलाई मध्यनजर गर्दै राष्ट्र बैंकले शनिबारको दिन पनि सम्बन्धित बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न निर्देशन दिएपछि बैंक खुल्ने भएका हुन् ।

कोरोना महामारीका कारण चालु आर्थिक वर्षको बितेका पाँच महिनामा अपेक्षाकृत रूपमा राजस्व उठ्न नसकेसँगै अहिले सरकारले राजस्व संकलनका लागि सम्बन्धित व्यवसायी एवं सेवाग्राहीलाई ताकेता गरिरहेको छ ।

यही ताकेतापछि राजस्व बुझाउने क्रम बढेको छ । यसलाई थप सहज बनाउन राष्ट्र बैंकले शनिबारको दिन पनि राजस्व बुझाउन बैंकका काउन्टर खोल्न निर्देशन दिएको हो

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*