संसद विघटनविरुद्ध कांग्रेस मकवानपुरले आज यी ४ ठाउँमा बिरोध प्रदर्शन गर्दै

हेटौंडा खबर
January 9th, 2021

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शनिबार देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दैछ ।

सोहि अनुरुप कांग्रेस मकवानपुरले मकवानपुरको ४ स्थानमा बिरोध प्रदर्शन गर्ने जनाएको छ । कांग्रेस मकवानपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘क’ अन्तर्गत छतिवनमा र १ को प्रदेश सभा ‘ख’ अन्तर्गत हेटौंडाको बुद्धचोकमा प्रर्दशन गर्दैछ ।

त्यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा ‘क’ अन्तर्गत थाहानगरको बज्रबाराही र प्रदेश सभा ‘ख’ अन्तर्गत मनहरी बजारमा विरोधसभा गर्ने कांग्रेस मकवानपुरले जनाएको छ ।

हेटौंडामा हुने विरोधसभालाई कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र जिल्ला सभापति एवम् बागमती प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस मकवानपुरका प्रवक्ता प्रदिप कोइरालाले जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठकले शनिबार देशभरका प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । कांग्रेसले प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने निर्णयलाई असंवैधानिक भन्दै विरोधका विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*