मकवानपुर गढी दरबारका संरचना मनलाग्दी संग भत्काईदै

हेटौंडा खबर
January 9th, 2021

मकवानपुर गढी गाउँपालिका वडा नं. २ मा अवस्थित पुरातात्विक एवं ऐतिहासिक महत्व बोकेको मकवानपुर गढी दरबारको संरचना जथाभावी भत्काउन थालिएको छ ।  गढीको मूल द्वार प्रवेश गरेपछिको ढुङ्गाबाट निर्मित पर्खालहरु मनलाग्दी संग भत्काइएको छ ।

ऐतिहासिक तथा पर्यटकीय महत्त्वको स्थानलाई जिर्णोद्वार र सम्रक्षण गर्नु को साटो धमाधन भत्काउन सुरु गरिएको हो । मकवानपुर गढीका मुख्य बनोट, कोत घर, दरबार लगायत मन्दिरहरूको उचित जीर्णोद्धार हुनुपर्ने मागहरु उठिरहेका बेला, अचानक कुनैपनि निकायको उपस्थिति बिनानै पर्खालहरु भत्काउन थालिएको छ ।

यस्ता ऐतिहासिक महत्वका संरचना जिर्णोद्वार तथा पुननिर्माण गर्दा आधिकारीक निकायले विभिन्न प्रक्रिया पुर्याएर पुरातात्विक महत्वका भग्नावशेषसमेतलाई सम्रक्षण गर्दै पुननिर्माण गर्नुपर्नेमा जथाभावी भत्काउनु गलत भएको भन्दै उपस्थित पर्यटक तथा नागरिकले चिन्ता व्यक्त गरेका छन् ।

यता मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंले भने पुननिर्माणका लागि ठेक्का दिइएको बताउछन्। के कसरि भत्काइएको छ के हुदैछ भन्नेमा भने उनि बेखबर छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*