हेटौंडाको मेयरका छोरोले दादागिरी देखाएको भन्दै सिमाचोकमा मोटरसाइकल तोडफोड

हेटौंडा खबर
February 4th, 2021

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबोल महतका छोरा रुपक महतले दादागिरी देखाएको भन्दै नेकपा कार्यकर्ताले उनि चडेको मोटरसाइकल तोडफोड गरेका छन् ।

उपस्थित बन्दकर्ताका अनुसार हेटौंडाको सिमाचोकमा जम्मा भएर बसेका प्रचण्ड–नेपाल समूहका कार्यकर्ताको अगाडी गएर थर्काएको र हेलमेटले हान्न खोजेपछि उनलाई कार्यकर्ताले आक्रमण गरेका हुन् ।

आक्रोशित कार्यकर्ताले उनि चढेको मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रहरी र नेकपाका नेता तथा कार्यकर्ता बीच झडप समेत भएको छ । अवस्था तनावग्रस्त बनेपछि बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ भने प्रहरीले अनेरास्ववियुका निद्यार्थी नेता राम कृष्ण शिवाकोटीलाई पक्राउ गरेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*