‘भ्यालेन्टाइन डे’ मा हेटौंडामा एड्रिन प्रधान म्युजिकल नाइट हुने

हेटौंडा खबर
February 8th, 2021

फेब्रुअरी १४ तारिखमा मनाइने ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवसका दिन हेटौंडामा पप गायक तथा संगीतकार एड्रिन प्रधान म्युजिकल नाइट हुने भएको छ ।

हेटौंडाको नारायणी मल स्थित डाईन एण्ड वाइन रेस्टुरेन्टमा फागुन २ गते साझ गायक प्रधानसहितको टिमको प्रस्तुति हेर्न सकिने नारायणी मल आचार्य प्लाजाका अध्यक्ष नवराज आचार्यले बताए ।

प्रेमी प्रेमिका लागि बिशेष मानिने यो दिनमा युवा जमातको मनपर्ने पप गायकको मनोरन्जनात्मक प्रस्तुतिले युवा जमातमा थप रमाइलो र संगीतमय माहोल बन्ने बिश्वास लिएको उनले बताए ।

उनका अनुसार फागुन २ गते डाईन एण्ड वाइनमा खाना र खाजाका बिशेष परिकारसहित युगल जोडीलाई बिशेष छुटको पनि व्यवस्था मिलाइएको छ ।

एड्रिन प्रधानको ‘छुदैन तिम्रो मायाले’, ‘सारा खुसी’, ‘हिड्दा हिड्दै’, ‘धेरै धेरै आउछ मनमा’लगायत दर्जन बढी गीतहरु बर्षौ अधिदेखीका हिट गीतहरु हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*