संसद विघटन बदर भएपछी हेटौंडामा दिप प्रज्वलन

हेटौंडा खबर
February 23rd, 2021

सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएको खुसियालीमा हेटौंडामा दिप प्रज्वलन गरिएको छ ।

सर्वोच्चले दुई महिनायताको सुनुवाइ प्रक्रिया अन्त्य गर्दै सरकारको निर्णय बदर गरिदिए पछी हेटौंडाको बुद्ध चोकमा खुसियालीको साथ् दिप प्रज्वलन गरिएको छ ।

नेकपा मकवानपुर अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम बहादुर पुलामीको नेतृत्वमा बुद्धचोकमा दिप प्रज्वलन गरिएको हो ।

कार्यक्रममा नेकपा प्रचण्ड नेपाल समुहका नेता कार्यकर्ता, नागरिक समुहका व्यक्तित्व तथा स्वतन्त्र नागरिकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अन्तिम निर्णय सुनाएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।

प्रधानन्यायाधीश जबराले निर्णयको व्यहोरा वाचन गर्दै बहुमत प्राप्त प्रधानमन्त्रीलाई संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताए ।

फैसलाको १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*