चलचित्र पत्रकार संघ मकवानपुरको १२ औं साधारणसभा

हेटौंडा खबर
March 6th, 2021

चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाको १२ औं वार्षिक साधारणसभा भएको छ । शनिबार हेटौंडा–१७ को सालकपार्कमा साधारणसभा भएको हो । चलचित्र पत्रकार संघ नेपाल मकवानपुरका अध्यक्ष मणिराज गौतमको सभाध्यक्षमा भएको सभामा नेपाल पत्रकार महासंघ महासचिव रमेश बिष्टको प्रमुख आतिथ्यता थियो ।

सभामा महासंघ केन्द्रीय महासचिव बिष्टले मुलुकमा पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कायम रहनुपर्ने बताए । बिष्टले राज्यबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा आँच पु¥याउने कुनै गतिविधि हुन नहुने धारणा व्यक्त गरे । मुलुकमा लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई उनले अपिल गरेका छन् ।

चलचित्र पत्रकार संघ नेपाल (संगठन) उपाध्यक्ष कुवेर डंगोलले मकवानपुर चलचित्र छायांकनका लागि उपयुक्त भएको बताउँदै चलचित्र छायांकनबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्न सुझाव दिएका थिए ।

साधारणसभामा संघ स्थापनाका संस्थापक कार्यसमिति अध्यक्ष कुमार अधिकारी, उपाध्यक्ष सुनिता शर्मा लुईटेल, कोषाध्यक्ष सुधिरभद्र श्रेष्ठ, सह सचिव बालकृष्ण अधिकारी, सदस्यहरुमा रामशरण दुलाल, सुजन विडारी, कपिल खड्का, श्रद्धा ढुङ्गानालाई कदरपत्रले सम्मान गरिएको थियो । सभामा संघका सचिव श्रीराम अर्जुनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य पुरुषोत्तम सुबेदी, पत्रकार महासंघ बागमती प्रदेश महासचिव कृष्ण सारुमगर, पत्रकार महासंघ मकवानपुर पूर्वअध्यक्ष राममणि दाहाल, जिल्ला अध्यक्ष हरि हुमागाईं, संस्थापक पदाधिकारी अध्यक्ष कुमार अधिकारी (पोष्टराज), प्रेस युनियनका निवर्तमान अध्यक्ष रुपेश दुलाल, प्रेस संगठनका सहसंयोजक एसपी शर्मा, मुख्यमन्त्रीका प्रेस सल्लाहकार तथा चप संघका पूर्व उपाध्यक्ष प्रकाश दाहाल, कलाकार शुसान्त कुमार श्रेष्ठ लगायतले आफ्नो भनाइ राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*