प्रचण्डको दाबी : ‘माधव नेपालहरुले एमाले कब्जा गर्छन्, नभए विद्रोह’

हेटौंडा खबर
March 12th, 2021

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले छिट्टै एमाले क्याप्चर गर्ने बताएका छन् ।

माधव नेपाल र झलनाथहरुले एमाले क्याच्पर नगरे छिट्टै विद्रोह गर्ने उनको दाबी छ । शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने,”या त माधवजीहरुले छ्ट्टिै एमाले क्याप्चर गर्ने स्थिति हुन्छ र केपी ओलीलाई बाहिर हटाउने स्थिति बन्छ, होईन भने माधवजीहरुले विद्रोह गर्ने स्थिति बन्छ । र, उहाँहरु र हामी मिलेर फेरि आन्दोलनकारी ठूलो शक्ति बन्छ । यो विश्वास मैले लिएको छु । र, हामी लगातार छलफलमै छौं । हामी कुराकानीमै छौं ।”

उनले अब आफ्नै खुट्टामा उभिने भन्दै संगठन बलियो बनाउनतिर सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले भने,”टेक्नु त आफ्नै खुट्टामा टेक्नुपर्ने रहेछ । बद्मासीहरुसँग होईन् । मलाई पश्चात् छ, मैले कस्तालाई मन्त्री बनाएँ, प्रचण्डलाई प्रचण्ड बनाउने साथीहरुलाई मन्त्री बनाएको भए, यो दिन त देख्नुपर्दैन ।”

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*