हेटौंडामा जारी गोल्डकपको आजको खेलमा मकवानपुर बिजयी

हेटौंडा खबर
March 17th, 2021

हेटौंडामा जारी  स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको आजको सेमिफाइनल खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ विजयी भएको छ । आजको जित संगै घरेलु टिम मकवानपुरले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

हेटौंडा–१० फरेस्ट्री खेल मैदानमा भएको खेलमा रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ ले ४ –३ गोल अन्तरले मछेन्द्र क्लबलाई पराजित गरेको हो । खेलको दोस्रो हाफको २२ औं मिनेटमा मकवानपुर ११ का अमिर श्रेष्ठले गरेको आकर्षक गोलनै आजको निर्णायक गोल बन्यो ।

आजको म्यान अफ द म्याच अमिर श्रेष्ठ भएका छन् । उनले  हजार प्राप्त गरेका छन् ।

कुल दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख हात पार्नेछन, भने उप–विजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*