शिक्षक पक्राउ परेपछी मकवानपुरगढीको भानु माविमा पठनपाठन बन्द

हेटौंडा खबर
March 25th, 2021

मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ स्थित मक्रान्चुलीमा रहेको भानु माविमा अनिश्चितकालका लागि पठनपाठन बन्द भएको छ । विद्यालय प्रशासनले बिहीबार (आज) एक सुचना प्रकाशित गर्दै पठनपाठन बन्द हुने जानकारी गराएको हो ।

विद्यालयले जारी गरेको सुचना अनुसार छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परे सँगै यसै घटनासँग सम्बन्धित तथा असम्बन्धित पक्षहरू विद्यालयमा उपस्थिति भइ दैनिक पठनपाठनमा बाधा ब्यवधान पैदा भएकोले अनिश्चितकालीन पठनपाठन बन्द गर्नुपरेको जनाइएको छ ।

विद्यालयमा अध्ययनरत छात्रा माथि गत फागुन २९ गते शैक्षिक भ्रमण जाने क्रममा शिक्षक किरण पाण्डेले दुव्र्यवहार गरेको पीडित परिवारले जनाएको छ । शिक्षकले दुव्र्यवहार गरेको भन्दै छात्राले उजुरी गरेपछी शिक्षक पाण्डेलाई अनुसन्धानका लागि प्रहरीले बुधबार नियन्त्रणमा लिएको थियो ।

यता विद्यार्थी एवं अभिभावक पछिल्लो घटनाक्रमका कारण विद्यालयको शैक्षिक क्रियाकलापमा असर परेको भन्दै चिन्तित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*