भोलिदेखि चार दिन देशभरका शैक्षिक सस्था बन्द

हेटौंडा खबर
March 29th, 2021

सरकारले चार दिनसम्म विद्यालय विदा गर्ने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमा बसेको आकस्मिक बैठकले सम्पुर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको हो।

केहि दिन देखि बढेको वायु प्रदुषणलाई मध्यनगर गर्दै शिक्षा मन्त्रालयले विदा दिने निर्णय गरेको छ। परीक्षा परेको बाहेक अन्य सबै शैक्षिकसत्र  चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको हो।

धूवाँ, धूलाे मिश्रित तुवाँलाेले काठमाडाैंसहित देशैभरकाे आकाश धुम्म बनेकाे छ। सरकारले  वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकूल असर गर्ने भएकाले माैसममा सुधार नभएसम्म घरबाहिर अत्यावश्यक कामबाहेक ननिस्कन भनेकाे छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*