अजोड इन्स्योरेन्सको सेयरमा ‘इन्साइडर ट्रेडिङ’को आशंका

हेटौंडा खबर
March 30th, 2021

अजोड इन्स्योरेन्स लिमिटेडले ५० प्रतिशत हकप्रद सेयर (२ बराबर १) जारी गर्नका लागि संचालक समितिमा प्रस्ताव लैजाने सूचना चुहाएर सेयर बजारमा चलखेल गरेको आंशका गरिएको छ।

कम्पनीको सोमबार बसेकोे संचालक समितिको ८७औं बैठकले ‘हाल कायम रहेको चुक्ता पूँजीको ५० प्रतिशत अर्थात् २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद जारी गर्ने’ प्रस्ताव साधारण सभामा लैजाने निर्णय गरेको थियो। संचालक समितिले यस्तो निर्णय गरेको दिन नै कम्पनीको सेयर कारोबारमा पनि वृद्धि देखिएपछि इन्साइडर ट्रेडिङको आंशका गरिएको हो।

उता अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले इन्साइडर ट्रेडिङ गरी आर्थिक अपराध गरेको भन्दै लगानीकर्ताले उजुरी दर्ता गरेका छन् । कम्पनीकाे उच्च व्यवस्थापनले ५० प्रतिशत हकप्रद घाेषणा पुर्वनै आफन्त र नातेदारका नाममा ठुलाे परिमाणमा सेयर खरिद गरेर मात्रै सूचना प्रकाशन गरेकाे देखिएकाे लगानीकर्ताकाे भनाई छ ।

धिताेपत्र बजारमा यसरी भित्री सूचनाकाे आधारमा गरिएकाे काराेबारलाई इन्साइडर ट्रेडिङ भनिने र याे आर्थिक अपराध रहेकाे उजुरीमा उल्लेख छ ।

अनियमिततामा संलग्न कम्पनीका ४ जना सञ्चालक, सीइओ, अध्यक्ष र सचिवलाई नियन्त्रणमा लिई आवश्यक छानबिन गरिदिन आग्रह गर्दै लगानीकर्ताले उजुरी दर्ता गरेका हुन् । काठमान्डौ स्थित महानगरीय अपराघ अनुसन्धान महाशाखामा उजुरी दिइएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*