काठमाडौं–तराई द्रुतमार्गको ठेक्का प्रक्रिया तत्काल रद्द गर्न सेनालाई पत्राचार

हेटौंडा खबर
April 30th, 2021

संघीय संसद्को सार्वजनिक लेखा समितिले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणको व्यवस्थापन गर्दै आएको नेपाली सेनालाई सीधै पत्राचार गरेर ठेक्काको प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

चैत १९ गते समितिले ठेक्का प्रक्रिया रद्द गरी नयाँ खरीद प्रक्रिया अघि बढाउन निर्देशन दिए पनि सेनाले यही आइतवार खरीद प्रक्रियालाई निरन्तरता दिएपछि समितिले सेनालाई तत्काल यो प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो ।

सेनाले आइतवार द्रुतमार्गमा बन्ने सुरुङमार्गसहितका विशेष पुल निर्माणका लागि प्रिक्वालिफिकेशन ९पीक्यू०मा छनोट भएका २ चिनियाँ कम्पनीको आर्थिक प्रस्ताव स्वीकृत गर्दै लेटर अफ इन्टेन )एलओआई) दिएको थियो ।

सोहीअनुसार करीब १५ दिनपछि ती कम्पनीसँग ठेक्का सम्झौता गर्ने तयारी गरेको सेनाको योजना रोकिने देखिएको छ ।

आर्थिक अभियान दैनिकबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*