बिरामीका आफन्तलाई अक्सिजन ल्याऊ नभन्नू – स्वास्थ्य मन्त्रालय

हेटौंडा खबर
May 16th, 2021

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का बिरामीका लागि आवस्यक पर्ने अक्सिजन लिन बिरामीका आफन्तलाई नपठाई आफै व्यवस्था गर्न अस्पताललाई निर्देशन दिएको छ।

कोभिड–१९ संक्रमण बढेसँगै अस्पतालमा अक्सिजनको अभाव हुँदै आएको छ। कतिपय अस्पतालले थप बिरामीलाई भर्ना नलिने सूचना जारी गरेका थिए भने कतिपयले बिरामीका आफन्तलाई अक्सिजन ल्याउन लगाउने गरेका थिए।

अबदेखि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

“बिरामीका लागि अस्पतालले नै अक्सिजनको व्यवस्था गर्नुपर्छ। बिरामीका आफन्तलाई ल्याउन भन्नु हुँदैन,” डा. गौतमले भने। त्यही अनुसार अस्पतालहरूलाई निर्देशन दिएको उनले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*